देउवाद्वारा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको छ ।

देउवा निवास धुम्बाराहीमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘बैठकमा समसामयिक राजनीतिक विषय र महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुन्छ ।’

महासमिति बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिने देउवाको तयारी छ । पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्दै छ ।

यस्तै, पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रश्न उठाउँदै राजावादीहरूको सक्रियताको विषयमा पनि छलफल हुने बताइन्छ ।

Back to top button