राष्ट्रिय सभाको निर्वाचनमा नयाँलाई अवसर दिनुपर्छ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरूङले आउने राष्ट्रिय सभाको निर्वाचनमा नयाँलाई अवसर दिनुपर्ने बताउनुभएको छ ।

शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेलामा सहभागी भएर बाहिरिने क्रममा उपसभापति गुरूङले राष्ट्रिय सभाको चुनावमा कांग्रेसबाट सक्षम व्‍यक्तिले अवसर पाउनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘राष्ट्रियसभा चुनावमा पटक–पटक अवसर पाएकाले नभई कहिल्‍यै अवसर नपाएकाले नेतृत्व गर्न पाउनुपर्छ ।’ कांग्रेसको महासमिति बैठकमा सही एजेण्डा उठाउन आजको बैठक बोलाइएको उहाँको भनाइ थियो।

Back to top button