कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय सानेमा बस्दै छ ।

बैठकमा महासमिति बैठकको तयारी,जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।

Back to top button