वर्तमान गठबन्धनका कारण जनताको आक्रोश र निराशा भयावह भइरहेको छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण जनताको आक्रोश र निराशा भयावह ढंगले बढिरहेको बताउनुभएको छ ।

आज पार्टीको सातौं केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले दक्षिणपन्थी प्रतिक्रियावादी भित्रि र बाहिरी शक्तिले असन्तुष्टिलाई प्रयोग गर्न खोजिरहेको बताउनुभएको हो ।

उहाँले सक्कली राजतन्त्र २०५८ साल जेठ १९ गते समाप्त भएको उल्लेख गर्नुभयो। राजा वीरेन्द्रको वंश विनाश गर्दा नै राजतन्त्र समाप्त भएको दाबी गर्दै उहाँले त्यसपछि कुशको राजतन्त्र खडा गरेर ज्ञानेन्द्र शाह केहि समय राजा भएको दोहोर्‍याउनुभयो। जनताले फालेको राजतन्त्र फेरि ल्याउने मिठो सपना र कल्पना बोकेर आफ्नो दुनो सोझ्याउने धन्दामा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिलेको गठबन्धनको असफलताले नयाँ शक्ति भन्दै राजनीतिक दलहरु जन्मिएका हुन्। दलप्रति युवाको वितृष्णा नयाँ जन्मिएका हुन्। जुन गठबन्धनको असफलता हो। असफलत गठबन्धनकै कारण राजतन्त्रको कुरा उठिरहेका छन्।’

अध्यक्ष ओलीले जनताको निराशा रोक्न सरकारको कुनै पहल नगरेको बताउनुभयो । उहाँले गठबन्धनबाट राष्ट्र र जनतापीडित रहेको दाबी गर्नुभयो ।

‘एमालेका विरुद्ध झुटो लान्छना लगाउने काम वर्तमान गठबन्धनले गरिरहेको छ जुन गठबन्धनको ठूलो अपराध हो’अध्यक्ष ओलीले भन्नुभयो,‘अनेक प्रकारका शक्तिहरुले खेलका छन्, धर्मका नाममा, जातका नाममा, पहिचानका नाममा, राजनीतिक सोच र पृष्ठभूमी नभएकाहरु मैदानमा देखा परेका छन्। यो देशका लागि शुभ संकेत होइन। यसको पक्षमा गठबन्धन सरकार नै लागेको छ। यसलाई पूर्न र भ्रम चिर्न एमाले लाग्नुपर्दछ।’

Back to top button