उपनिर्वाचनः इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुवै क्षेत्रमा उपनिर्वाचनका लागि उक्त मिति तय गरिएको जानकारी दिनुभयो ।

आज बसेको आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर–२ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर–१ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय लिएको हो ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ । यस्तै, बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो ।

Back to top button