राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्‍न माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकले फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको उम्मेदवारको टुंगो लगाउने छ ।

नयाँ गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको छ । माओवादीबाट राष्ट्रियसभा अध्यक्षमा उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ ।

यसअघि माओवादीसँगको गठबन्धनमा राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई उठाउने सहमति भएको थियो । सत्ता समीकरण फेरिएसँगै राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउने भएको हो ।

प्रमुख प्रतिप्रक्षी नेपाली कांग्रेसले पनि राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार उठाउने तयारी गरेको छ ।

Back to top button