दुईजना मन्त्री थपेर प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । जनता समावादी पार्टीबाट उपेन्द्र यादव र नवकिशोर साह सुडी मन्त्री बन्नुभएको हो ।

उपेन्द्र यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री र साह वनमन्त्री नियु्क्त हुनुभएको हो । आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।

नयाँ मन्त्रीसहित मन्त्रिमण्डल २२ सदस्यीय भएको छ ।

Back to top button