माओवादीका नेता कालीबहादुर खाम पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ पर्नुभएको छ । उहाँ कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार हुनुहुन्थ्यो ।

यही प्रकरणमा पक्राउ पर्नुभएका अर्का माओवादीका लडाकूका कमाण्डर गोविन्दबहादुर बटाला भने अदालतबाट सफाइ पाएपछि रिहा हुनुभएको थियो ।

खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उहाँ माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य हुनुहुन्छ । सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हुनुहुन्छ ।

Back to top button