प्रधानमन्त्री प्रचण्डद्वारा गोरखा दरबारमा क्वार्ज क्रिस्टल प्रतिस्थापन

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा दरबारमा पुरातात्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गर्नुभएको छ ।

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गर्नुभएको हो ।

उहाँले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘यसले गोरखा जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने मेरो विश्वास छ ।’

यस्तै, ५२ दशमलव ३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो ।

गोरखाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा निरन्तर लागि पर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली टायर उद्योग, बूढीगण्डकी जलविद्युत् आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान रहेको बताउनुभयो ।

Back to top button