एमाले सिन्धुलीको आठौं अधिवेशन आजबाट सुरु

सिन्धुली । नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन आजबाट सिन्धुलीमाढीमा सुरु हुँदै छ ।

केन्द्रीय महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने अधिवेशन बिहान ११ बजेबाट सुरु हुने नेकपा एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख संजय कुमार दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्नुहुनेछ ,अधिवेशका लागि प्रतिनिधि, अतिथि, पार्टीका शुभचिन्तक, शुभेच्छुकहरु सिन्धुलीमाढी आइसक्नु भएको छ ।’

अधिवेशनका लागि जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिका अन्तरगत भुगोलबाट ५१४, जनवर्गीय संगठनहरुबाट ७६, जिल्ला कमिटी सदस्य (आयोजक) १३० सल्लाहकार २५ र मनोनित ३९ गरी कूल ७८४ जना प्रतिनिधि सहभागि हुनेछन् ।

अधिवेशनबाट जिल्ला अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय जना निर्वाचित गर्ने छ भने ५ जना मनोनित हुने छन् ।

Back to top button