वर्तमान सत्ता गठबन्धनको भविष्यमा प्रश्न उठेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिनसम्म टिक्ने हो भन्ने प्रश्न उठेको बताउनुभएको छ ।

आज ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सत्ता गठबन्धन लामो समयसम्म जानेमा शंका व्यक्त गर्नुभयो ।

नेपालको राजनीति जटिल रहेको बताउँदै उहाँले भन्नुभयो,‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’

गठबन्धनको भविष्यमा उठेको प्रश्नको उत्तर आफूसँग नभएको बताउँदै नेता नेपालले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने बताउनुभयो ।

आफूहरु कसैको दास नभएको टिप्पणी गर्दै उहाँले अहिलेको राजनीतिक परिस्थिति सहज नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौंँ ।

Back to top button