नेपाललाई वेष्ट इन्डिज‘ए’ ले दियो १६१ रनको लक्ष्य

विराटनगर । दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रनको योगफल तयार पारेको हो ।

वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाउनुभयो । कप्तान रोस्टन चेज २३, केसी काटी १०, जोनसन चार्ल्स ११ र एलिक अथान्ज ६ रनमा आउट हुनुभयो ।

गुडाकेश मोती ८ बलमा ३१ र म्याथ्यु फर्ड ६ बलमा ११ रनमा अविजित रहनुभयो । वेष्ट इन्डिज ‘ए’ ले पछिल्लो दुई ओभरमा ४१ रन जोड्न सफल भयो । बलिङ तर्फ नेपालका कुशल भुर्तेल र सागर ढकालले २–२ विकेट लिनुभयो । सोमपाल कामीले एक विकेट लिनुभयो ।

Back to top button