इलाम उपनिर्वाचनः मतगणना जारी

इलाम । इलाम क्षेत्र नम्बर—२ को मतगणना अहिले जारी छ । मतगणना परिणाम २–२ घन्टामा सार्वजनिक गरिने भएको छ । मुख्य निर्वाचन अनुगमन अधिकृत राजेन्द्र प्रसाद आचार्यका अनुसार दिउँसो २ बजेमात्रै प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिनेछ ।

बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना १ घन्टा ढिलो गरी सुरु भएको थियो । अहिले फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना भइरहेको छ ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ ।

इलाम–२ मा कूल १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन् ।

Back to top button