काठमाडौंको शंखमुलमा आगलागीः ५ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको शंखमुलमा भएको आगलागीका कारण लाखौंको क्षति भएको छ । शंखमुलको दोभान पुल नजिकै भएको आगलागीका कारण ५ वटा पसल जलेर नष्ट भएका छन् भने एक घरमा समेत आंशिक क्षति पुगेको छ ।

आगलागीका कारण मोटरसाइकल ग्योरज,पान पसल,फलफूल तथा तरकारी पसल र एउटा गाडी ग्यारेजमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

ललितपुर महानगर र काठमाडौं महानगरको दमकलका साथै नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको मद्धतले आगलागी नियन्त्रणमा लिएको छ । आगलागीको कारण र पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Back to top button