इलाम उपनिर्वाचन: फाकफोक १ मा कांग्रेस २ मा एमालेको अग्रता

विराटनगर । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेस र एमालेले अग्रता लिएका छन् ।

फाकफोकथुमको वडा नं. १ को नतिजा आउँदा १२३ मतले अग्रता कायम गरेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्का वडा नं. २ मा भने एमालेका सुहाङ नेम्वाङसँग ४१ मतले पछि पर्नुभएको छ ।

दुवै वडाको पछिल्लो मत परिणाम अनुसार खड्का र सुहाङको मतान्तर ८२ रहेको छ । वडा नम्बर २ मा खड्काले ४८८ मत प्राप्त गर्दा सुहाङले ५२९ मत प्राप्त गर्नुभएको हो ।

त्यसैगरी वडा नं. १ मा कांग्रेसका खड्काले ६५७ मत प्राप्त गर्दा एमालेका सुहाङ नेम्बाङले ५३४ मत प्राप्त गर्नुभएको छ । वडा नं. १ मा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत प्राप्त गर्नुभएको छ ।

मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।

Back to top button