इलाममा फराकिलो अग्रता बनाउँदै एमालेका सुहाङ नेम्वाङ

बिराटनगर । प्रतिनिधिसभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २ सय ८१ को मतान्तर बनाउनु भएको छ ।

सुहाङले ७ हजार ६ सय ७६ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत ल्याउनु भएको छ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ५८ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ६२ मत सहित चौथो स्थानमा सीमित हुनुहुन्छ ।

Back to top button