इलाम–२ उपनिर्वाचन: २ हजार २८२ मतले सुहाङ अगाडी

विराटनगर । इलाम–२ सम्पना प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार बढि मतको अग्रता लिनुभएको छ । उहाँले नेपाली कांग्रेसका डम्बर बहादुर खड्कालाई २ हजार २८२ मतले पछि पार्नुभयो।

इलामको फाकफोकथुम गाउँपालिकाको मतगणना सकिंदा १ हजार १५५ मतले अग्रता कायम गरेका सुहाङले चुलाचुली गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ सकिंदासम्म मतान्तर २ हजार कटाउनुभएको हो ।

सुहाङले ७ हजार ६७७ मत प्राप्त गर्दा कांग्रेसका डम्बरले ५ हजार ३९५ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेमिमले ४ हजार ५८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १६२ मत प्राप्त गर्नुभएको छ ।

विहान ६ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका जितबहादुर राईले २३९ मत प्राप्त गर्नुभएको छ । कुखुराको भाले चुनाव चिन्ह अंकित स्वतन्त्र उम्मेदवार मणि पामो लिम्बुले १९९ तथा राप्रपाका लक्ष्मी गुरुङले ४३ मत प्राप्त गर्नु भएको छ ।

Back to top button