नेकपा एसको नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभए पनि सत्तासमिकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ (समाजवादी),काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले प्रत्येक पार्टीको आ–आफ्नो मर्यादा,सम्मान,स्वाभिमान र चाहना हुने भएकाले सबैलाई राम्रोसँग सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले आफूहरूले अहिले उचित व्यवस्थापन र सम्मान मात्रै खोजेको धारणा राख्नुभयो । समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ की भनेर कतिपयलाई पोल्ने गरेको उहाँले बताउनुभयो ।

यस्तै उहाँले चार दल सम्मीलित समाजवादी मोर्चा बनेको र जिल्ला तहको कार्यक्रम गर्ने तयारी भएको जानकारी दिँदै मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने र आउन नचाहनेलाई पनि गाली नगर्ने धारणा राख्नुभयो ।

उहाँले मुलुकको राजनीतिलाई सहि दिशामा लैजान गम्भीरतापूर्वक आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो ।

Back to top button