इलाममा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं । फराकिलो मतान्तर सहित इलाम क्षेत्र नं-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ ।

नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका डम्बर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ ।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी हुनुभएको थियो ।

तर, उहाँको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो  ।

नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।

Back to top button