एमाले अध्यक्ष ओलीद्वारा सुहाङलाई भेटेरै विजयीको बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलाम पुग्नुभएको छ । अध्यक्ष ओलीले आज सुहाङ नेम्वाङलाई भेटेरै विजयीको बधाई तथा शुभकामना दिनुभयो ।

इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ विजयी भएको उपलक्ष्यमा पार्टीले आज इलाम बजारमा विजय सभा गरेको छ । सो विजय सभालाई सम्बोधन गर्न आजै अध्यक्ष ओली इलाम आइपुग्नु भएको हो । उहाँले सम्बोधन गर्ने कार्यक्रम छ ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गरेर सुहाङ नेम्वाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको हो । सुहाङले २७ हजार ७ सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार ४ सय ५७ मत पाउँदा निर्वाचनमा चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गर्नुभएको थियो।

मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले ८ सय १६ मत प्राप्त गर्दा राजावादी पार्टी राप्रपाका उम्मेदवारले जम्मा ४ सय ८ मत मात्रै पाउनुभयो।

Back to top button