कोशीमा मुख्यमन्त्रीमा दाबी गर्नुभएका कार्की समर्थकको सनाखत सुरु

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका एमाले नेता हिक्मतकुमार कार्कीलाई समर्थन गरेका सांसदको सनाखत सुरु भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित कार्कीले आज बिहान दाबी पेस गर्नुभएको थियो । कार्कीले दाबी पेस गरेको एक घण्टापछि प्रदेश प्रमुखले बोलाएर सनाखत सुरु गर्नुभएको हो ।

यस्तै, २७ असोजमा उपधारा ५ अनुसार नै मुख्यमन्त्री बन्नुभएका केदार कार्की २६ चैतमा अल्पमतमा पर्नुभएको थियो । २५ वैशाखसम्म विश्वासको मत नलिएपछि प्रदेश प्रमुखले २६ वैशाख राति दुई दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गर्नुभएको थियो ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि कामचलाउ भएका मुख्यमन्त्री केदार कार्की त्यसविरुद्ध सर्वोच्च अदालत पुग्नुभएको हो ।

Back to top button