सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड,एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्नुभएको छ ।

हिजो चितवन जानुभएका प्रधानमन्त्री प्रचण्ड आज काठमाडौँ फर्कनेबित्तिकै अध्यक्ष ओली र गृहमन्त्री लामिछानेसँग छलफलमा जुट्नुभएको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले उहाँहरूबीच छलफल चलिरहेको छ ।

विशेषगरी संसद्को गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल चलिरहेको स्रोतले बतायो।

भोलि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ ।

आज दिउँसो सभामुख देवराज घिमिरेले शेरबहादुर देउवा र रवि लामिछानेलाई फोन गरेर राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गर्नुभएको थियो ।

Back to top button