रवि ओड धरौटीमा रिहा

काठमाडौं  । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा हुनुभएको छ ।

वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार ओडविरुद्ध उहाँकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिनुभएको थियो ।

सोही उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि ओडले प्रहरीमा आत्मसमर्पण गर्नुभएको थियो ।

Back to top button