
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी स्वर्गीय सीता दाहालको नाममा मेमोरियल कलेज स्थापना हुने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गर्ने बताउनुभयो ।
प्रधानमन्त्री पत्नी दाहालको २०८० असार २७ गते निधन भएको थियो ।







