नृत्योपासनामा विद्यार्थीहरुको वार्षिक मुल्याङ्कन तथा प्रमाणपत्र वितरण

विराटनगर । विराटनगर– २ स्थित शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय नृत्योपासनाले मंगलबार विद्यार्थीहरुको वार्षिक मुल्याङ्कन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

नृत्योपासनामा प्रशिक्षण गरिरहेका प्राथमिकदेखि तेस्रो वर्ष सम्मका १३ जना विद्यार्थीहरु मुल्याङ्कन परिक्षामा सहभागी भएका थिए । विद्यार्थीहरुलाई भरत नाट्यम विधामा भारतको चेन्नाईंबाट स्नातकोत्तर पूरा गर्नुभएकी नृत्योपासना विराटनगरकी सञ्चालक एवम् प्रशिक्षक सन्तोष निधि राठीले प्रशिक्षण गराईरहनुभएको छ ।

मुल्याङ्कन परिक्षामा सहभागीहरुको निर्णायकमा प्रशिक्षक राठीसँगै कत्थक नृत्य प्रशिक्षक मनोवेन्द्रो दास रहनुभएको थियो । परिक्षामा सहभागीहरु सबैजना अर्को चरणमा प्रवेश गरेका छन् । उनीहरुलाई परिक्षामा उतिर्ण भएको प्रमाण पत्र समेत प्रदान गरिएको छ ।

विराटनगरमा सञ्चालित नृत्य विद्यालय नृत्योपासनामा शास्त्रीय संगीतका बिभिन्न रागमा नृत्य प्रशिक्षण सञ्चालन हुँदै आएको छ ।

Back to top button