नयाँ संसद भवनभित्र मदिरा पिउने बार बनाऔँ : कांग्रेस सांसद बजगाईँ

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले बन्दै गरेको संसद भवनमा मदिरा पिउने बार बनाउनुपर्ने प्रस्ताव राख्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै विदेशी पाहुनाहरू आउँदाखेरि सोसेलाइजेन गर्न बार निर्माण गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ। कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ। सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ, आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । अधिकांश माननीय मदिरा पिउनु हुन्न, लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ। त्यसको लिमिटेशन हुन्छ। त्यसपछि मैले अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि? मैले यसमा ध्यानाकृष्ट गराउन चाहे ।’

संसद भवनभित्र बार निर्माण गर्दा पर्यटकीय हिसाबले महत्त्वपूर्ण हुने उहाँको विश्वास छ ।

Back to top button