देशका लागि नराम्रो नगर्नु नै सबैभन्दा राम्रो हो : गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु भएको बताउनुभएको छ ।

आज काठमाडौंमा रास्वपाको स्थापनाको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ । यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा ।’

गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी पनि गर्नुभयो ।

उपलब्धि नै भ्रष्टाचारका ठुला फाइल खोल्नुलाई लिइरहेको भन्दै उहाँले आफूहरु सरकारमा गएर विधिको स्थापाना गरेको दाबी गर्नुभयो ।

Back to top button