धिमाल जातिलाई भोली सार्वजनिक विदा दिने कोशी प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले असार २ गते धिमाल जातिका लागि विदा दिने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले धिमाल जातिको प्रमुख पर्व जातिरी–सिरिजातको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले प्रदेशमा रहेका धिमाल जातिका लागि भोली सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै बैठकले प्रदेश योजना आयोगले तयार पारेको प्रदेशको दोस्रो आवधिक योजना (२०८१/०८२ देखि २०८५/०८६) परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

अधिकारीले प्रदेश आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ तथा आगामी वर्ष २०८१/०८२ को बजेट वक्तव्य प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताउनुभयो । प्रदेश सरकारले आजै प्रदेशसभाको बैठकमा बजेट सार्वजनिक गर्दैछ ।

अविरल वर्षासँगै आएको पहिरोमा परी हिजो ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको थियो ।

Back to top button