नेकपा एसले सरकारबाट समर्थन फिर्ता नलिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताउनुभएको छ ।

आज पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पार्नुभयो । कांग्रेस–एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको उहाँको भनाइ छ । उहाँले संविधान संशोधनको मुद्दा स्पष्टरूपमा बाहिर नआइसकेको भन्दै स्पष्टरूपमा आए पार्टीमा छलफल गर्ने जिकिर गर्नुभयो ।

उहाँले पार्टी नेतृत्व चयनका विषयमा सकारात्मकरूपमा सहमतिको प्रयास भइरहेको भन्दै निरास हुनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

Back to top button