एमाले अध्यक्ष ओली बुटवलमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुटवल पुग्नुभएको छ ।

अनेरास्ववियु रुपन्देहीद्वारा बुटवलमा आज आयोजित ‘विद्यार्थीसँग केपी शर्मा ओली’ कार्यक्रममा सहभागीका लागि अध्यक्ष ओली बुटवल पुग्नुभएको हो ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईईमा ३.६ जीपीए प्राप्त गर्न सफल १ हजार २८ विद्यार्थीलाई एकैठाउँमा सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताउनुभयो ।

यस्तै, कार्यक्रममा अध्यक्ष ओलीसहित पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतका नेताहरु सहभागी हुने पाण्डेले बताउनुभयो । ओलीसहितका नेताहरुको बिहान साढे १० को यति एयरबाट आउन लागेको एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले बताउनुभयो।

Back to top button