कोशी प्रदेशको मुख्य सहरहरूमा ‘घरज्वाईँ’को व्यापक प्रचार 

विराटनगर : असार २८ गते रिजिल हुने चलचित्र ‘ घरज्वाईँ ‘ ले कोशी प्रदेशका मुख्य सहरहरूमा व्यापक प्रचार गरेको छ । कोशी प्रदेशका विराटनगर , ईटहरी , धरान , विर्तामोड , दमकलगायत मुख्य सहरमा चलचित्रको प्रचार टोलीले व्यापक प्रचार गरेको हो ।

चलचित्रको कोशी प्रदेशमा प्रचार गरिरहनु भएका नविन श्रेष्ठका अनुसार प्रदेशको मुख्य सहरमा कुद्ने विद्युतीय सवारी तथा टेम्पोहरूमा चलचित्रको पोस्टर टाँस्दै प्रचार सुरू गरिएको हो । श्रेष्ठले प्रचारको क्रममा चलचित्रको टेलर हेर्नु भएका दर्शकहरू बाट सकारात्मक फिडब्याक आइरहेको जानकारी समेत दिनु भयो ।

अनिल बुढा मगरको निर्देशनमा तयार भएको चलचित्र असार २८ गते देश भित्र र विदेशमा समेत एकैसाथ प्रदर्शन हुने छ । पूर्वी रुकुमका लुगुम, तक्सेरालगायतका रमणीय स्थानमा छायांकन गरिएको चलचित्रको निर्मातामा जनक घर्ती मगर रहनु भएको छ ।

चलचित्रमा दयाहाङ र मिरुनासंगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरलगायत कलाकारले अभिनय गर्नु भएको छ ।

Back to top button