नेकपा एसमा ९३ केन्द्रीय सदस्य घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।

प्रज्ञा भवनमा चलिरहेको दशौं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्नुभएको थियो । हलमा उपस्थितहरूले विरोध गरे । खनालले दिउँसो ३ बजेसम्म प्रज्ञा भवन छाड्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो ।

मतदान गर्ने हो भने अर्को ठाउँ खोज्नुपर्ने र कति समय लाग्ने हो भन्न नसकिने बताउनुभयो । त्यसपछि महाधिवेशन हलले उहाँको प्रस्ताव पास गरेको छ ।

तत्काललाई पहिलेका पोलिटब्यूरो सदस्यलाई केन्द्रीय कमिटीमा राखिएको छ । बाँकी केन्द्रीय सदस्य यो कमिटीले चयन गर्ने अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले जानकारी गराउनुभयो ।

Back to top button