विदेश गएका नेताका छोरा–छोरीलाई पार्टी काममा जोड्न एमाले महासचिव पोखरेलको निर्देशन

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोरा–छोरीलाई पार्टी काममा लगाउन निर्देशन दिनुभएको छ ।

गृहजिल्ला दाङको तुलसीपुरमा आज भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा महासचिव पोखरेलले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोरा–छोरी विदेश गएर निस्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने तथ्यप्रति सचेतसमेत गराउनुभयो । ‘नेपाल हुँदा पार्टीमा रहेका नेताका छोरा–छोरी विदेश गएर निष्क्रिय छन्। विदेश गएका छोराछोरीमा पार्टी काममा पनि लगाउनुस्,’ महासचिव पोखरेलले भन्नुभयो ।

विदेशमा रहेको केही युवा जमातले दलहरू प्रति बिषाक्त विचार प्रवाह गरिरहेको भन्दै महासचिव पोखरेलले उनीहरूलाई सही राजनीतिक स्कुलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताउनुभयो ।

एमालेले ४० वर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाइ जोड्ने गरी प्रभावकारी योजना निर्माण गरिने जानकारी पनि गराउनुभयो ।

Back to top button