
विराटनगर। नेपालीहरूको महान पर्व दशैँ तथा तिहारलाई लक्षित गरी तयार पारिएको नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ।
सित्तल भेट बस्यालको शब्द संगीत र स्वर भरिएको ‘यसपालीको दशैं तिहार’ म्युजिक भिडिओ युट्युवमार्फत सार्वजनिक गरिएको छ। गीतमा कारुणिक विषयबस्तु उठाउँदै चाडपर्वको रमाइलो विषयलाई पनि गाँसिएको छ।
सोहीअनुसारको म्युजिक भिडियो बनेको निर्देशक सित्तल भेट बस्यालले जानकारी दिनु भयो। गीतको एरेन्ज योगेशकाजी शाहले गर्नु भएको छ भने रेकर्डिङ, मास्टरिङ र मिक्सिङ गरेको गीत एसएमएस एचडिमा मनोज परियारले गर्नु भएको छ।
परदेशी तथा लाहुरेको कथा समेटिएको म्युजिक भिडिओमा भेट बस्यालसहित रिचा थापा, एलिना केसी, ईश्वर दुलाल, देवी प्रसाद, रोमा बिष्टलगायत कलाकारहरूको अभिनय छ। निरन श्रेष्ठको नृत्य निर्देशन रहेको भिडियो लाई बासु बरालले छायाङ्कन र टिकेन्द्र शाहीले सम्पादन तथा कलर करेक्शन गर्नु भएको छ ।
भिडियो को सहायक निर्देशन दुलालले गर्नु भएको हो। भिडियो लाई वाइड नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।







