
काठमाडौं । नेपाली कांग्रेसले रिक्त रहेको गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।
आज बिहान बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फ रिक्त स्थानमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिनुभयो ।
कांग्रेसबाट समानुपातिक सांसद विमला गौचनको निधन भएपछि उक्त स्थान रिक्त थियो ।







