सहकारीमा देखिएका बेथिति नियन्त्रण गर्नका लागि सरकार लागिपरेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सहकारी संस्थामा देखिएका बेथिति नियन्त्रण गर्नका लागि वर्तमान सरकार लागिपरेको बताउनुभएको छ । सहकारी बेथितिका विषयमा सरकारले चार हिसाबले काम गरिरहेको नेता बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अनियमिततामा संलग्नहरूलाई बिना मोलाहिजा कारबाही गर्ने, बचतकर्ताहरूको रकम फिर्ता गराउने, सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न अधिकार सम्पन्न प्राधिकरण गठन गर्ने र भविष्यमा बचतकर्ताहरूको रकम संरक्षणका लागि संरक्षण कोष निर्माण गर्ने ।’

Back to top button