महेश बुढाथोकीकाे ‘राम साँईली’ नामक म्युजिक भिडियो सार्वजनिक

विराटनगर । लोकप्रिय गायक महेश बुढाथोकीको ‘राम साँईली’ नामक म्युजिक भिडियो सार्वजनिक भएकाे छ । पूस अन्तिममा छायांकन गरिएको मगर समुदायको हुर्रा भाकाको गीतलाई म्युजिक नेपालले सार्वजनिक गरेकाे हाे ।

बुढाथोकीका ‘काफल गेडी कुटुक्कै….’, ‘होस गर है सोल्टिनी…..’, ‘हलो अड्काउँदै…..’ जस्ता गीतहरू चर्चित छन् । तिनै लोकप्रिय गीतहरूबीच उहाँको हुर्रा भाकाको ‘राम साँईली’ पनि दर्सक श्राेता माझ आएकाे छ ।

गीतमा उहाँलाई बबिना भट्टराईले साथ दिनुभएको छ । शब्द, भाका संकलन स्वयं बुढाथोकीले गर्नुभएको हो भने संगीत एरेन्ज अशोक राईले गर्नुभएको छ ।

भिडियोमा कलाकारहरू बादल श्रेष्ठ, निशा श्रेष्ठ, भीमल मगर, अर्जुन जम्नेली राई, मुरारी आचार्य, मोहन विक्रम दाहाल, मंजु मगर, कुमारी मगर, तारा मगर आदिको अभिनय देख्न पाईने छ ।

म्युजिक भिडियोलाई सुमन तामाङले छायांकन, अशोक मण्डलले श्रृङ्गार, हेमन्त तामाङले सम्पादन, पूजा तामाङले नृत्य कोरियोग्राफी गर्नुभएको छ भने भिडियाेको ईश्वर दुलालले निर्देशन गर्नुभएको हो

Back to top button