आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्न देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्न निर्देशन दिनुभएको छ ।

आज नेपाली कांग्रेस, ‘केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले रूपन्देहीको भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्न निर्देशन दिनुभएको हो ।

कांग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने उहाँले बताउनुभयो । देउवाले समानुपातिक समावेशी व्यवस्थालाई सबै मिलेर थप बलियो बनाउँदै जानुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

यस्तै, तीन दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी हरू सहभागी छन्।

Back to top button