
पोखरा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन पोखरामा सुरु भएको छ । अमरसिंह चौरमा आयोजित उद्घाटन सत्रलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज साँझदेखि पोखरा सभागृहमा बन्दसत्र सुरु हुनेछ ।
महाधिवेशनलाई एमाले महासचिव शंकर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले सम्बोधन गर्नुहुने राष्ट्रिय युवा संघ नेपालका कोषाध्यक्ष राकेश राईले जानकारी दिनुभयो ।
युवा संघको महाधिवेशनबाट एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र चार जना सचिवसहित १५१ सदस्यीय कमिटी निर्वाचित गर्ने छ । जबकि अहिले ३३३ सदस्यीय केन्द्रीय कमिटी र १७ जना पदाधिकारी छन् ।







