आज बागमतीका वडा अध्यक्षहरूको भेला ललितपुरमा हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडा अध्यक्षहरूको भेला आज ललितपुरमा हुँदैछ । आज बिहान ११ बजे गोदावरीमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै भेलालाई सम्बोधन गर्ने बागमती प्रदेशकी उपसचिव एवं प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।

ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमती प्रदेशका सबै वडाअध्यक्षहरु सहभागी हुने उहाँले बताउनुभयो । निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडा अध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्रतहसम्म नै रणनीति बनाउने तयारी रहेको छ ।

एमालेले पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरूको भेला बोलाएको हो । भेला आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुनेछ ।

Back to top button