
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूको योगदानका बारेमा प्रचार–प्रसार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै उहाँले नेताहरूको योगदानका बारेमा किताबहरूमा प्रकाशन गरेर प्रचार–प्रसार गर्न आवश्यक रहेको बताउनुभएको हो ।
राधेश्याम जोन्छे जुझारु नेताको रुपमा परिचित रहेको उहाँले स्मरण गर्नुभयो । सभापति देउवाले नेताहरूको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गर्नुभयो ।
यस्तै कांग्रेस नेता विमलेन्द्र निधिले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो । उहाँले संसदलाई अवरोध गर्ने काम उचित नभएको भन्दै सहज रुपमा सदन चल्ने वातावरण बनाउन माओवादी केन्द्रलाई आग्रह गर्नुभयो । भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उहाँको भनाई छ ।







