कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक दिन सर्‍यो,असार १६ गने बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक दिनका लागि सरेको छ ।

कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन भएको जानकारी दिनुभएको हो ।

यसअघि कांग्रेसले यही असार १५ गते आइतबार बोलाएको बैठक अब १६ गते सोमबार केन्द्रीय पार्टी कार्यालयमा बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल हुने बताइएको छ ।

Back to top button