
काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधरणको पहुँच कम हुँदै गएको बताउनुभएको छ ।
संसदीय सुनुवाइ समितिको आजको बैठकमा बोल्दै उहाँले न्यायालयप्रतिको जनताको आस्था, विश्वास र भरोसामा कमी हुँदै आएकोप्रति ध्यानाकर्षण गराउनुभयो ।
‘सर्वसाधारणको पहुँच न्यायमा कम हुँदै गएको भन्ने चर्चा छ । त्यस्तै न्यायालयप्रति जुन किसिमको आस्था, विश्वास र भरोसा हुनुपर्ने हो त्यसमा कमी आएको हो की भन्ने आशंका छ । तपाईंले यी कुरा निरुपण गर्न के भूमिका रहन्छ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो ।
यस्तै, उहाँले संसदीय सुनुवाई समितिमा आज सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।







