
विराटनगर । गायक प्रशान्त तामाङको निधन भएको छ । ४३ वर्षीय तामाङको आज नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आजतकमा प्रकाशित समाचारअनुसार उहाँको हृदयघातका कारण मृत्यु भएको हो ।
नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलको विजेत हो । उहाँले दर्जनौं नेपाली गीत गाउनुभएको छ भने नेपाली चलचित्रमा समेत अभियन गर्नुभएको छ ।
उहाँको निधनको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उहाँका प्रशंसकहरूले आफ्नो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।







