
पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते हुनुभएको छ । बास्तोला निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लड्नुभएको थियो ।
बास्तोलाको हात र खुट्टामा चोट लागेको छ । उहाँको उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । बास्तोलाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको देब्रे हातको नाडी भाँचिएको र अपरेसन गर्नुपर्ने भएको छ ।







