
विराटनगर । भारतीय गायिका आशा भोसलेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
उहाँको मुम्बईको शिवाजी पार्कमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भोसलेका छोराले जानकारी दिएका छन्। उनका अनुसार बेलुका ४ बजे अन्त्येष्टि गरिनेछ।
भोसलेलाई शनिबार साँझ हृदयघात भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उहाँको आइतबार बिहान निधन भएको थियो।
उहाँको निधनले नेपाली र भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ । आशाले नेपाली फिल्मका लागि दर्जन बढी कालजयी गीत गाएर नेपाली श्रोताको मनमा गहिरो छाप छाड्नुभएको छ ।
गैरी खेतको शीरै हान्यो,एउटा मान्छे मन पर्छ,यति धेरै माया दियौ,लै बरि मेरो मायालु,म प्यार बेचिदिन्छु,सिक्रेट नदेऊ म बिडी खानेलाईलगायत गीतहरू आज पनि श्रोताले उत्तिकै रुचाइरहेका छन्।







