
विराटनगर। विराटनगरस्थित एयरपोर्ट मोडमा रहेको सिंहासन रेस्टुरेन्टमा जेनजी म्युजिक नाइट हुने भएको छ। रेस्टुरेन्टले भोलि शनिबारको दिन नवयुवा समूहलाई लक्षित गर्दै जेनजी म्युजिक नाइट आयोजना गर्ने भएको हो।
रेस्टुरेन्टले आयोजना गर्न लागेको जेनजी म्युजिक नाइटमा युवा पुस्तामा लोकप्रिय साङ्गीतिक समूह द जेनेसिस ब्याण्ड र डिजे एकेको एकल प्रस्तुति रहने छ। रेस्टुरेन्टले विभिन्न तहको शैक्षिक परीक्षा सकेर बसेका नवयुवा समूहलाई लक्षित गर्दै परीक्षा पछिको रमाइलो र पुन: मित्र मिलन गर्ने उपयुक्त अवसर निर्माण हुने अपेक्षासहित कार्यक्रम आयोजना गरेको रेस्टुरेन्टका व्यवस्थापक अशोक दाहालले बताउनु भयो।
दाहालले शान्त वातावरणमा सञ्चालन हुने सिंहासन रेस्टुरेन्ट विराटनगरमा स्वादिष्ट र नयाँ परिकार, पर्याप्त खुला वातावरणलगायतका कारणले व्यक्तिगत तथा व्यावसायिक अवसरका लागि उपयुक्त गन्तव्य बनिरहेको दाबी समेत गर्नु भयो।
सिंहासनले पछिल्लो समय युवाहरूलाई लक्षित गर्दै नौलो र नवीन विषयवस्तु केन्द्रीत साङ्गीतिक कार्यक्रमहरू गरिरहेको छ।







