विराटनगरको विविध क्षेत्रबारे अध्ययन सकेर फर्के विदेशी विद्यार्थीहरू

विराटनगर। लिबर्टी इंटरनेसनलको ‘फिनिक्स फ्रम द एसेज’ शैक्षिक कार्यक्रम अन्तर्गतका प्राध्यापक तथा विद्यार्थीहरू विराटनगरको विविध क्षेत्रको अध्ययन सकेर फर्केका छन्। विकल्प एन अल्टरनेटिभसँगको सहकार्यमा विराटनगर आएका प्राध्यापक तथा विभिन्न देशका विधार्थीहरूले विराटनगरमा विभिन्न क्षेत्रका सरोकारहरूसँग छलफल तथा अन्तरक्रिया गरेर फर्केका हुन्।

कोशी प्रदेश र मुख्यत: विराटनगरको आर्थिक, सामाजिक, राजनीतिक तथा संस्कृतिक पक्षहरूको अध्ययन गर्न आएका प्राध्यापक तथा विद्यार्थीहरूको टोलीले कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट, प्रदेश सभा सचिव सुदर्शन खड्का, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा सरोज कोइराला, कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीलगायतसँग छलफल तथा अन्तरक्रिया गरेको थिए।

त्यस्तै, ५ दिने विराटनगरमा बसाईमा टोलीले उद्योग संगठन मोरङको कार्यसमिति, होटल एसोसिएसनका पदाधिकारी, जनता नमुना मावि, लिलिपुट स्कूल, कोशी अस्पताल, विराट टिचिंग अस्पतालका प्रबन्ध निर्देशक डेनिस कार्की , विराटेश्वर वृद्धाश्रम र विकल्प एन अल्टरनेटिभको टोलीसँग समेत छलफल र अन्तरक्रिया गरेको टोलीको विराटनगरमा संयोजन गर्नुभएको विकल्पका कार्यकारी निर्देशक वसन्त अधिकारीले जानकारी दिनुभयो।

अधिकारीले शैक्षिक भ्रमणमा आएको टोलीले विराटनगरको स्थानीय हाट संस्कृति, नजिकको गाउँले परिवेशको बारेमा समेत अध्ययन गरेको बताउनु भयो।

८ जना सम्मलित टोलीमा अमेरिका, पोर्चुगल, दक्षिण कोरिया, अमेरिका, कोलम्बियालगायतका देशका प्राध्यापक तथा विद्यार्थीहरूको सहभागिता थियो।

Back to top button