धनुषा अदालत अगाडि मिटरब्याज पीडितले गरे आत्मदाहको प्रयास

जनकपुर । धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेको समयमा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी हुन्।

आज दिउँसो अदालत अगाडि मिटर ब्याज पीडित महिला जनकपुरधाम–४ की फुल कुमारी रजकले पेट्रोल आफ्नो शरीरमा खन्याएपछि प्रहरीले रोकेका थिए ।

अदालतमा पक्राउ परेका मिटर ब्याज साहुविरुद्ध थुनछेक बहस भइरहेको छ । मिटर ब्याज साहु गोपाल साह,रेखा साह र हरेराम साहविरुद्ध थुनछेक बहस भइरहेको छ ।

भित्र बहस चलिरहँदा अदालत बाहिर मिटरव्याज पीडित आन्दोलन गरिरहेका छन् ।

Back to top button