जेनजी आन्दोलनमा कागजात जलेको घटनामा सरकारको स्पष्ट दृष्टिकोण चाहिन्छ : वर्षमान पुन

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा सरकारी कागजात जलेको घटना र त्यसले लेखा परीक्षण हुन नसकेको घटनाबारे सरकारको स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले सरकारको दृष्टिकोण के हो भन्दै माग गर्नुभएको हो । यो घटना प्राकृतिक विपत्ति नभएको भन्दै यसलाई वर्तमान ऐन र नियमले नसमेट्ने उहाँले बताउनुभयो ।

प्राकृतिक प्रकोप र दुर्घटनाका बेला हुने घटनामा मात्र मिनाहाको विषय आकर्षित हुने उहाँले बताउनुभयो । अहिले यससम्बन्धी सरकारको दृष्टिकोण आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘कार्की आयोगले यसलाई सम्बोधन गर्‍यो कि गरेन? या २३ र २४ को घटनामा सरकारी कागजात जलेको बारे अलग्गै आयोग पो बनाउनु पर्छ कि?’ त्यस्ता आयोगहरूले दिने सिफारिसका आधारमा मात्र निर्णय गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

Back to top button